
अत्तरिया: कैलालिको गोदावरी नगरपालिका -२ ले १ करोड १७ लाख बराबरको बजेट ल्याएको छ । वडाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैयाको बजेट ल्याएको हो ।

बिहिवार एक औपचारिक कार्यक्रम का बिच राधाकृष्ण मन्दिरको प्रांगणमा वडाभेलाको आयोजना गरेको छ ।
वडाध्यक्ष यज्ञ बहादुर महराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए भने बिशिस्ठ अतिथिमा नगर उप प्रमुख शारदा देबि रोकाया र नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए ।


वडाले आगामी आर्थिक वर्षको लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैया बराबरको बजेट ल्याएको छ । जसमध्ये ७० लाख समानिकरण र ४७ लाख ७ हजार ७७ रुपैया सुत्रमा आधारित रहेको छ । नगरपालिकाले पठाएको बजेट सिलिङका आधारमा वडाले योजनाहरु तयार गरेको वडासदस्य डबल साउँँदले बताए ।


वडाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमध्ये सबैभन्दा बढी पुर्वाधार बिकासमा छुट्याएको छ । सो शिर्षकमा वडाले ५७ लाख रुपैया बजेट बिनियोजन गरेको छ । यस्तै सामाजिक विकासतर्फ १७ लाख, आर्थिक विकासतर्फ २० लाख, वातावरण तथा बिपत ब्यवस्थापन तर्फ १५ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ ७ लाख रुपैया बिनियोजन गरिएको वडासदस्य देबराज भट्ट ले बताए ।



















