
कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत कञ्चनपुरले भण्डारीमाथि एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

अदालतका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार भण्डारीमाथि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले गाली बेइजतीको अभियोगमा मुद्दा दर्ता गरेका थिए।

भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप सार्वजनिक गर्दै आएका थिए। सोही क्रममा उनले किरणराज विष्टलाई समेत जोडेर समाचार र सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। अदालतले सोही सामग्रीलाई गाली बेइजती मान्दै सजाय सुनाएको हो।






























