काम हेर्नुहोस्, कुरा पछि गरौँ – गोदावरी हिँडिरहेको छैन, विकास गतीमा दौडिरहेको छ – मेयर भट्ट

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउन आवश्यक योजना, कार्यक्रम तथा संरचनात्मक विकासमा नगरपालिका गम्भीरताका साथ लागिपरेको बताएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

उनले किसानका वालीनाली चौपायाबाट जोगाउन छाडा पशु व्यवस्थापनमा नगरपालिका सक्रिय रूपमा लागेको स्पष्ट पारे। “कृषकहरूको श्रम, पसिना र लगानी जोगाउने कार्य हाम्रो दायित्व हो,” उनले भने, “यसबाट कृषिमा आत्मविश्वास बढ्नेछ र आम्दानीमा प्रत्यक्ष वृद्धि हुनेछ।”

त्यस्तै वडा नं. २ मा रहेको लामीताल क्षेत्रको पर्यटन विकासका लागि आरटीजन माछापालन, बोटिङ सुविधा र पूर्वाधार विकासमा जोड दिइएको बताउँदै उनले थपे, “आन्तरिक र बाह्य पर्यटकलाई तान्ने किसिमका गतिविधिमा नगरपालिका प्रतिबद्ध छ।”

भूमिसम्बन्धी समस्यालाई समाधान गर्न भूमि आयोगसँग समन्वय गरी लालपुर्जा वितरण प्रक्रिया सहज बनाउने उद्देश्यले राजस्व दर घटाउने पहल गरिएको जानकारी दिए। “अब खेतीयोग्य जमिनमा मात्र ५% र आवासीय जमिनमा १०% मात्र राजस्व तिर्ने व्यवस्था हुनेछ,” उनले भने।

नगर प्रमुख भट्टका अनुसार नगरपालिकाले प्रदेशकै ठूलो फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा नेतृत्व लिएको छ। “यस परियोजनाले वातावरण संरक्षण मात्र होइन, रोजगारी सिर्जना र स्थानीय उत्पादनलाई पनि टेवा पुर्‍याउनेछ,” उनका भनाइ थिए।

वडा नं. २ को १ करोड १७ लाख बजेट — प्राथमिकतामा विकास र जनसेवा
वडा नं. २ ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड १७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। वडा भेलामा सार्वजनिक बजेटमध्ये ७० लाख समानीकरण बजेट र ४७ लाख ७ हजार स्रोतअनुसारको बजेट हो।

विकास प्राथमिकतामा रहेको यो बजेटमा पूर्वाधारमा ५७ लाख, सामाजिक विकासमा १७ लाख, आर्थिक क्षेत्रको सशक्तीकरणमा २० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १५ लाख, र शुसासन तथा अन्य सेवामा ७ लाख विनियोजन गरिएको छ।

नगर प्रमुख भट्टले वडाको बजेट तथा कार्यक्रमप्रति समर्थन जनाउँदै भने,

“हामी योजना बनाउँदैनौं, हामी योजना पूरा गर्छौं। बस्तीबाट आएका प्राथमिकताहरुलाई समेटेर स्थानीय तहबाटै जनताको चाहना पुरा गर्न हाम्रो समर्पण रहनेछ।”

उनले थपे, “नगरका साझा सपना—जसमा गोदावरी नदी नियन्त्रण, लामीताल संरक्षण, सहरी स्वास्थ्य क्लिनिक, खेलमैदान, रंगशाला, सडक कालोपत्रे, विद्यालय स्तरोन्नती लगायत छन्—यी सबैमा संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न हामी तयार छौं।”