अशक्त बालबालिकाको सहयोगमा एपेक्स एकेडेमीका विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व

Image
Nisarga Hospital

अत्तरिया: वार्षिक कार्यपत्र अन्तर्गत शुक्रबार एपेक्स एकेडेमी, बसन्तपुर कैलालीका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले ‘Calorie Collaboration’ कार्यक्रमअन्तर्गत गोदावरी नगरपालिका–२ मा रहेको सुदूरपश्चिम समावेशी विद्यालयका विपन्न तथा अशक्त बालबालिकालाई सहयोग गरेका छन्।

CP Hospital Dhangadhi

कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले घरबाट आफैंले तयार पारेको टिफिन ल्याई सो विद्यालयका बालबालिकालाई वितरण गरेका थिए। यस्तै, कक्षा ४ देखि माथिका अन्य विद्यार्थीहरूले आफ्नो एक दिनको टिफिन खर्च बराबरको कपी, पेन्सिल तथा शैक्षिक सामग्री खरीद गरी विद्यालयका अशक्त बालबालिकालाई प्रदान गरेका हुन्।

कार्यक्रमको उद्देश्य बालबालिकामा सामाजिक भावना, सहानुभूति, नैतिक शिक्षा र सहयोगी स्वभावको विकास गर्नु रहेको विद्यालय प्रशासनले जनाएको छ। साथै, अशक्त र विपन्न वर्गप्रति सम्मान र आदर भाव जागृत गराउने हेतुले विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागिता गराइएको थियो।

nawajiwan
Attariya Hospital

यस अवसरमा विद्यालयका प्रिन्सिपल समीर महराले भने, “आजको कार्यक्रममा हाम्रो विद्यार्थीहरूले जुन आत्मीयता र समर्पणका साथ सहयोगको हात अगाडि बढाएका छन्, त्यो अत्यन्तै प्रेरणादायी छ।

हामी शिक्षा मात्र होइन, संस्कार पनि दिन चाहन्छौं। यस्ता क्रियाकलापले विद्यार्थीहरूमा मानवता, सहानुभूति र सामाजिक जिम्मेवारीको भावना विकास गर्न मद्दत गर्छ। साना सहयोगहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश आजका विद्यार्थीहरूले दिएका छन्।”