असारभित्रै भुमिहिन र सुकुम्बासीलाई लालपुर्जा दिने अध्यक्ष जोशीको घोषणा

Image
Nisarga Hospital

बझाङ: बझाङ जिल्लामा रहेका भुमिहिन, सुकुम्बासी तथा अवस्थित व्यक्तिहरूलाई पहिलो चरणमा असार महिनाभित्रै लालपुर्जा उपलब्ध गराउने योजना रहेको जिल्ला भूमि समस्या समाधान आयोग बझाङका अध्यक्ष प्रयागराज जोशीले बताएका छन्।

CP Hospital Dhangadhi

दुर्गाथली गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष जोशीले जिल्लाका १२ वटै स्थानीय तहबाट पहिचान र छनोटको प्रक्रिया अघि बढाइएको जानकारी दिए। नेपाल सरकारले घर निर्माणका लागि प्रति परिवार एक हजार वर्गमिटर जग्गा उपलब्ध गराउने मापदण्ड बनाएको उनले बताए।

जोशीले छिटो भन्दा छिटो वडा कार्यालयमा फारम भर्न नागरिकलाई अनुरोध पनि गरे। उनका अनुसार अघिल्लो आयोगका पालामा जिल्लाभरबाट जम्मा ९ सय वटा मात्र फारम सङ्कलन गरिएको थियो, जसमा ६ सय फारम केदारस्यु गाउँपालिकाबाट मात्र परेको थियो। जग्गा उपलब्ध गराउँदा नेपाल सरकारको मापदण्डअनुसार केही राजस्व लाग्ने पनि उनले स्पष्ट पारे।

कार्यक्रममा जिल्ला नापी कार्यालयका प्रमुख दिपेन्द्र गुरधार्मीले भुमिहिन, सुकुम्बासी र अवस्थित व्यक्तिहरूको पहिचान तथा प्रक्रियाबारे प्राविधिक सहजीकरण गरेका थिए।

nawajiwan
Attariya Hospital

गाउँपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालले दलित, भुमिहिन, सुकुम्बासी तथा अवस्थित व्यक्तिहरूलाई कानुनसम्मत रूपमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताए। उनले स्थानीय तहको भूमिकालाई प्राथमिकतामा राखेर आयोगले काम गर्नुपर्ने धारणा राखे।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा भूमि आयोग बझाङका अध्यक्ष प्रयागराज जोशी, विशेष अतिथिका रूपमा दुर्गाथली गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत बम्म बहादुर भण्डारी, आयोगका जिल्ला सदस्य डम्बर बहादुर सिंह, सदस्य शारदा कुमारी बिक, नापी प्रमुख दिपेन्द्र गुरधार्मी, विभिन्न वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन गाउँपालिका कर्मचारी मकर मण्डेलले गरेका थिए।

# ट्रेण्डिङ