स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको छ : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको बताउनु भएको छ ।

CP Hospital Dhangadhi

शुक्रबार नेपाल नगरपालिका संघले धनगढीमा आयोजना गरेको नगर सुशासन तथा वित्तिय अनुशासन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै प्रक्रिया पूरा गरि स्थानीय सञ्चालन ऐन सम्बन्धी बनेको विधेयक अगाडी बढीसकेको अवस्थामा संसदबाटै पास हुने बताउनु भयो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको छ ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ । प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत प्रदेश सभामा दर्ता गरिसकेको छ । कर्मचारीहरुसँगको बृहत छलफलबाट उनिहरुको माग तथा वृद्धि विकास हुने गरी प्रदेश सरकारले ईमान्दारिताका साथ ऐन ल्याउन लागेको मुख्यमन्त्री शाहले बताउनु भयो ।उहाँले तीनै तहको सरकारबीच सहकार्य, समन्वय र सह–अस्तित्वको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

nawajiwan