गोदावरी–६ मा ९२ लाखको बजेट सार्वजनिक, भौतिक पूर्वाधारमा सहित यी पाँच क्षेत्रमा प्राथमिकता

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ लाख २१ हजार ४५३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न नवौं वडा भेलाबाट बजेटको सिलिङ्ग सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi

नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्य र उप–प्रमुख शारदा देवी रोकायाको विशिष्ट आतिथ्यमा सम्पन्न भेलामा वडाध्यक्ष जग्गुराम चौधरीले अघिल्लो वर्षका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

उनका अनुसार, बजेटमा ७० लाख रुपैयाँ समानीकरण कोषबाट र २२ लाख २१ हजार ४५३ रुपैयाँ अन्य स्रोतहरूबाट प्राप्त भएको हो। वडाले यस बजेटलाई पाँच प्रमुख शीर्षकमा विभाजन गरेको छ:

nawajiwan

भौतिक पूर्वाधार विकास : ४४ लाख ४६ हजार

सामाजिक विकास : २४ लाख २५ हजार

Attariya Hospital

आर्थिक विकास : १७ लाख ५० हजार

सार्वजनिक सेवा, क्षमता विकास तथा व्यवस्थापन : ५ लाख ५० हजार ४५३

वातावरण तथा विपद् व्यवस्थापन : ५० हजार

वडाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न सेवाबाट २१ लाख ८४ हजार ६४२ रुपैयाँ राजस्व संकलन गरेको समेत जानकारी दिइएको छ।

वडा भेलामा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका सदस्य तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले बजेट निर्माण प्रक्रिया पारदर्शी, समावेशी र सहभागितामूलक भएको भन्दै चौथर्फी विकासका लागि सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए।

Advertize US