अछाममा दाहालको आग्रह: ‘भीम रावल जी, भौँतारिनु छाडेर सहकार्यमा आउनुस्’

Image
Nisarga Hospital

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेबाट निष्कासित नेता भीम रावललाई माओवादीसँग सहकार्य गर्न आग्रह गरेका छन्। शनिबार अछाम पुगेर प्रचण्डले रावलप्रति यस्तो सार्वजनिक आग्रह गरेका हुन्।

CP Hospital Dhangadhi

“कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ,” प्रचण्डले भने, “हिजोमात्र उहाँसँग फोनमा कुराकानी भयो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।”

Attariya Hospital

दाहालले आफूले रावललाई “किन भौँतारिइरहनुभएको छ?” भनेर सोधेको पनि बताए। “मैले भनेँ, तपाईँ किन अरू ठाउँ भौँतारिइरहनुभएको छ? आउनुहोस्, हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ,” दाहालले भने।

nawajiwan

नेता रावलले आवश्यक संवाद नगरेर समय खेर फालिरहेको भन्दै आलोचना पनि गरे। “जोसँग कुरा गर्नुपर्ने हो, त्यसैसँग नगरी अन्यत्र समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,” उनले थपे।

Advertize US