विकास सहकार्यबाट सम्भव छ, यो त्यो पार्टी भनेर टकरावबाट होइन: नगर उप प्रमुख शारदा रोकाया

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका की उप–प्रमुख शारदा देवी रोकायाले वडास्तरीय विकास योजनामा जनताको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेकी छन्।

CP Hospital Dhangadhi

शनिबार सम्पन्न वडा भेलामा बोल्दै उनले भनिन्, “स्थानीय सरकारको बजेट सीमित छ। माथिबाट आउने रकम पनि कटौती हुँदै आएको छ। तर, जनप्रतिनिधिहरूले सीमित स्रोतको अधिकतम सदुपयोग गरेर जनताको हितमा काम गर्नुपर्छ।”

रोकायाले सहकार्य र समन्वयको आवश्यकतामा जोड दिँदै भनिन्, “विकास सबैको साझा मुद्दा हो। कसैले केवल आफ्नो मात्र नभई, सबैको हित सोच्नुपर्छ। एक–अर्काको कुरा काटेर होइन, सहकार्य गरेर मात्रै समृद्धि सम्भव हुन्छ।”

nawajiwan
Attariya Hospital

महिलाहरूको सक्रिय भूमिकाबारे उनले विशेष चर्चा गरिन्। “गाउँघरका महिलाहरू स्वरोजगार र पशुपालनतर्फ लाग्नुपर्छ। हामी गाई, भैंसी, गोरु पालेका छौं, त्यसको संरक्षण र व्यवस्थापन आवश्यक छ,” उनले भनिन्, “गाई माता हुन्, हाम्रो पूजनीय पशु हो। त्यसैले स्थानीय सरकार त्यसको व्यवस्थापनमा सहयोग गर्न तयार छ।”

छाडा पशु व्यवस्थापनप्रति जनचासो रहेको उल्लेख गर्दै रोकायाले भनिन्, “छाडिएका पशुहरू अभिभावकविहीन छन्। तिनीहरूको व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो। वडा र नगर सरकार यस विषयमा जिम्मेवार छ।”

कार्यक्रमको अन्त्यमा उनले वडास्तरीय कार्यक्रमहरूमा आएको जनगुनासो, सुझाव र सल्लाहलाई सकारात्मक रूपमा लिने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।

Advertize US