कैलाली बुद्धिचाल संघको अध्यक्षमा पौडेल निर्वाचित

Image
Nisarga Hospital

कैलाली जिल्ला बुद्धिचाल संघको नयाँ नेतृत्व चयन भएको छ। शनिबार जिल्ला खेलकुद समिति कैलालीको सभाहलमा सम्पन्न आठौं अधिवेशनबाट प्रसाद पौडेल अध्यक्षमा निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

अधिवेशनले उपाध्यक्षमा जयनारायण जोशी, सचिवमा गगनराज घिमिरे, कोषाध्यक्षमा विक्रमकुमार शर्मा तथा सदस्यहरूमा ललन अन्सारी, जयराज वडू र सोनिया जोशीलाई निर्वाचित गरेको छ।

नवगठित कार्यसमितिले जिल्लामा बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियता बढाउने उद्देश्य राखेको बताइएको छ। अध्यक्ष पौडेलले आगामी दिनमा विद्यालयस्तरदेखि समुदायसम्म बुद्धिचाल खेलको पहुँच विस्तार गर्न योजनाबद्ध कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

nawajiwan
Attariya Hospital

कार्यक्रममा जिल्ला खेलकुद समितिका प्रतिनिधि, खेलप्रेमी, संघका पूर्वपदाधिकारीहरू तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कैलालीमा बुद्धिचाल खेलप्रतिको चासो बढ्दो क्रममा रहेको छ भने यसप्रकारका अधिवेशनमार्फत संस्था सञ्चालनमा पारदर्शिता र सहभागिता सुनिश्चित हुने विश्वास गरिएको छ।

Advertize US