सुदूरपश्चिमको ऐतिहासिक उपलब्धि : स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएको खुसियालीमा दीप प्रज्वलन

Image
Nisarga Hospital

अत्तरियाः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक, २०८१ पारित भएको ऐतिहासिक उपलब्धिको रुपमा मनाउँदै गेटामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। आइतबार प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भएको समाचार सार्वजनिक भएसँगै विश्वविद्यालय स्थापनाका लागि लामो समयदेखि संघर्ष गर्दै आएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति’ले दीप प्रज्वलन गर्दै सरकारलाई धन्यवाद प्रकट गरेको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्दै संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले यो विधेयक सुदूरपश्चिमवासीका लागि अत्यन्तै गर्वको क्षण भएको बताए। उनले भने, “२५ भन्दा बढी मेडिकल कलेज र प्रतिष्ठान देशभरि फैलिएको अवस्थामा सुदूरपश्चिम भने एक्लिएको थियो। आजको विधेयक पारित हुनु सम्पूर्ण क्षेत्रवासीका लागि ऐतिहासिक सफलता हो।” उनले आन्दोलनमा साथ दिने सबै व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै सरकारलाई विशेष धन्यवादसमेत दिएका थिए।

nawajiwan

Attariya Hospital

तर उनले विश्वविद्यालयको विधेयक पारित भए पनि आन्दोलन भने अझै अन्त्य नभएको स्पष्ट पारे। “जबसम्म गेटाबाटै आप्रोन लगाएर विद्यार्थीले पढ्न पाउँदैनन्, र कम्तीमा ६ सय शय्याको अस्पताल सञ्चालनमा आउँदैन, तबसम्म हाम्रो अभियान जारी रहनेछ,” संयोजक पाण्डेले दृढतापूर्वक बताए।

त्यस्तै, समितिका सदस्य लोकेन्द्र धामीले यो विधेयकले गेटामा विगत लामो समयदेखि चलिरहेको मोडालिटीको विवाद अन्त्य गरेको बताए। उनले देशकै पहिलो स्वास्थ्य विश्वविद्यालयको रुपमा स्थापित हुने गेटा क्याम्पस अब मेडिकल शिक्षाको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा आवश्यक बजेट विनियोजन गरेर अध्ययन अध्यापन प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए।

दीप प्रज्वलन कार्यक्रममा संघर्ष समिति लगायत स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमपछिको खुसियाली अभिव्यक्त गर्न देउडा खेल समेत आयोजना गरिएको थियो, जसले स्थानीय जनतालाई अझ उत्साहित बनायो।
यो विधेयकले सुदूरपश्चिमको स्वास्थ्य र शिक्षा क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।

Advertize US