
सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले सपथ ग्रहण गरेका छन् । चौधरीले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादीत अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । नाउपाले उनको ठाउँमा रामेश्वरलाई पठाएको हो ।

चौधरी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रुपमा समेत काम गरेका सांसद हुन् । सरकार फेरिएपछि पद गुमाएका थिए ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन खोजेकी थिइन् तर अध्यक्षको निर्देशन विपरीत प्रदेश संसदीय दलले रामेश्वरलाई सरकारमा पठाएको हो ।
















