गोदावरी – ११ को आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, ८६ लाख बढी रकम विनियोजन, पूर्वाधार विकासमा जोड

Image
Nisarga Hospital

अत्तरिया: कैलालीकाे गोदावरी नगरपालिका वडा नं ११ ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८६ लाख ८६ हजार २ सय २ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।सोमबार वडा कार्यालयमा सम्पन्न नवौं वडा भेलाबाट बजेट सिलिङ सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहनुहुन्थ्यो भने उप–प्रमुख शारदा देवी रोकाया लगायत को सहभागी थिए। भेलामा वडाध्यक्ष प्रेम सिंह बडैलाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका योजनाहरू तथा प्रगतिको विवरण प्रस्तुत गर्दै आगामी वर्षका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए।

oplus_131074

नगरपालिकाबाट प्राप्त बजेट सिलिङअनुसार वडाले आगामी वर्षका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ। आर्थिक विकासतर्फ १० लाख, सामाजिक विकासतर्फ १५ लाख १५ हजार, भौतिक पूर्वाधार विकासका लागि ५४ लाख, वन तथा वातावरणमा १ लाख ६० हजार २०२ र सुशासन तथा संस्थागत विकासका लागि ५ लाख ७६ हजार  रुपैयाँ विनियोजन गरिएको हो।
oplus_131072

वडाले चालु आर्थिक वर्षको जेठ ४ गते  सम्म ६ लाख ६३ हजार ३७९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दिइएको छ।
oplus_131074

वडा भेलामा वडा अध्यक्षहरू, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, महिला तथा युवाहरूको सक्रिय उपस्थिति रहेको थियो। भेलाले सर्वसाधारणको आवश्यकता र स्थानीय प्राथमिकता अनुसार योजना चयन गरी पारदर्शी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
oplus_131074

Attariya Hospital

गोदावरी नगरपालिका वडा नं ११ मा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा अध्यक्ष प्रेम सिंह बडैला

nawajiwan

# ट्रेण्डिङ