गोदावरी नगरपालिका वडा नं १२ को बजेट १ करोड २ लाख २६ हजार विनियोजन

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नं १२ ले वडा भेला सम्पन्न गरेको छ। सोमबार वडाध्यक्ष भिम बहादुर खड्काको अध्यक्षतामा आयोजित नवौं वडा भेलाको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्टले गरेका थिए। भने विशिष्ठ अतिथिमा नगर उप शारदा देवी रोकाया रहेकी थिइन्।

CP Hospital Dhangadhi
Attariya Hospital

oplus_131074

वडा भेलामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडाध्यक्ष भिम बहादुर खड्काले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी नगरपालिकाद्वारा बजेट सिलिङ अनुसार १ करोड २ लाख २६ हजार ८३९  रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए। जसमा समानीकरण बजेट ७० लाख र सूत्रमा आधारित ३२ लाख २६ हजार ८३९ बजेट रहेको छ।
oplus_131074

विभिन्न शीर्षकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सञ्चालन हुने नीति तथा कार्यक्रमहरु मध्ये आर्थिक क्षेत्रमा ३७ लाख, सामाजिक क्षेत्रमा २७ लाख ५० हजार, पूर्वाधार क्षेत्र २३ लाख, बन तथा वातावरण क्षेत्रमा ५ लाख र सुशासन तथा अन्य क्षेत्रमा ९ लाख ७६ हजार ८३९ रहेको छ ।
oplus_131072

यस्तै वडाको विकासको लागी वडाको बजेटले नभ्याएका योजना तथा कार्यक्रमहरु प्रदेश र संघमा कार्यान्वयनका लागी माग गरिने जनाएको छ।
oplus_131074

nawajiwan