द्वन्दपीडितका लागि बजेट विनियोजन गछौंः नगर उपप्रमुख रोकाया

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदादेवी रोकायाले द्वन्दपीडितका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश धनगढीको आयोजना तथा कुर्वे विष्ट्रोको सहयोगमा सोमबार गोदावरी नगरपालिकामा महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन उपसमितिका पदाधिकारीसँग संक्रमणकालिन न्यायको बर्तमान अवस्था र सवाल विषयक छलफल कार्यक्रममा नगर उपप्रमुख रोकाय बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

CP Hospital Dhangadhi

उनले भनिन्, ‘गोदावरी नगरपालिकामा पनि महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन उपसमितिका गठन भएको छ । उपसमितिकाको संयोजकमा म आफै छु । गोदावरीमा पनि धेरै द्वन्दपीडित छन । उनीहरुलाई आयआर्जनसँग जोरना जरुरी छ । नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रममा समेटदै आउने आर्थिक बर्षका लागि बजेट पनि विनियोजन गरिने छ ।

छलफल कार्यक्रममा द्वन्दपीडितहरु आफनो बालबालिका शिक्षाबाट बञ्चित भईरहेको बताएका छन । द्वन्दपीडित बसन्ती जोशी आफनो जीवन यसोतसो अभावमा भएपनि कटिहाल्ने भएपनि छोरा छोरी उच्च शिक्षाबाट बञ्चित भैरहेको बताइन । उनले भनिन्, मेरो श्रीमानको हत्या भएपछि पाएको राहातले छोरा छोरीलाई माध्यमिक तहसम्म पनि पढाउन पुगेन, घरमा कमाउने मान्छे नै नभएपछि दिएको रुपैया कहाँसम्म चल्छ । उहि पैसाले छोराछोरी पढाउनु पर्ने, उही पैंसाले घरखर्च चलाउनु पर्ने अवस्था थियो अहिले केही छैन ।

nawajiwan
Attariya Hospital

उनले भनिन, छोरा कानून विषय लिएर काठमाण्डौ पढन गएको छ । पैसाको जोहो कहाँबाट गर्ने आफुले मेहनत मजदुरीको कामले पढाई खर्च जुटाउन सकिने अवस्था छैन । स्थानीय तहबाट आयमुलक सीपमुलक कार्यक्रममा सहभागी गराएको भए छोराछोरीको पढाई खर्च र दैनिक जीवनयापनमा सजिलो हुने थियो, द्वन्दपीडित जोशीले भनिन । त्यसैगरी गोदावरी नगरपालिका–८ का द्वन्दपीडित अस्मिता पुनमगर पनि आर्थिक अभावका कारण आफना छोराछोरीको शिक्षामा बाधा पुगेको बताउनु भयो । आर्थिक अभावको कारण छोराले पढदा पढदै विद्यालय छो¥यो, छोरी अहिले पढिरहेको तर आर्थिक अभावले खर्च जुटाउन गा¥हो भएको छ, उनले भनिन ।

गाउँमा सानो पसल छ । त्यहाँबाट आएको पैसाले घरगुजारा चलेको छ । व्यापारमा कहिले विक्री बट्टा हुन्छ कहिले हुदैन । सानोटिनो रोजगारी भए पैसा आउथ्यो र जीवनयापन गर्न सहजिलो हुन्थ्यो । कर्यक्रममा अधिवक्ता पुष्प विक्रम शाही महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे प्रस्तुतीकरण तथा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, विषयगत शाखाका प्रमुखहरु, महिला तथा बालबालिका शाखाका प्रमुख गोदावरी खत्री, उपसमितिका पदाधिकारी, मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश धनगढीका सल्लाहकार गोमा आचार्यलगायतको सहभागिता रहेको थियो । कर्यक्रमको संचालन मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश धनगढीका कार्यक्रम संयोजक वेद अवस्थी र स्वागत मन्तव्य कोषाध्यक्ष मिना भण्डारीले गरेकी थिइन् । छलफल कार्यक्रमपछि नगरक्षेत्रमा रहेका द्वन्दपीडितहरुको तथ्याङक संकलन गर्ने र आगामी आर्थिक बर्षको लागि बजेट विनियोजन गर्ने निर्णय पनि भएको छ ।