विकासमा विभेद छैन, सबै वडामा समान रूपमा बजेट विनियोजन गरिएको छ : नगरप्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नवौं वडा भेलामा बोल्दै नगरपालिकाको विकास योजनामा कुनै प्रकारको विभेद नगरी सबै वडामा समान रूपमा बजेट विनियोजन गरिएको बताएका छन्।

CP Hospital Dhangadhi

उनले जनताको सुझावलाई विकासको मार्गदर्शनको रूपमा लिँदै योजनाबद्ध ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कोलमुडा स्थित दुर्गा माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माण, स्मार्ट कक्षा सञ्चालन र कम्प्युटर शिक्षा प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको जानकारी दिंदै, प्रविधिसँग सम्बन्धित शिक्षा आजको युगमा अत्यावश्यक रहेको धारणा राखे।

nawajiwan
oplus_131074
Attariya Hospital

खानेपानीको क्षेत्रमा ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको काम अघि बढाइएको बताउँदै, अझै विद्युतीकरण नपुगेका वडा नं. ११ र १२ का लागि जेनेरेटर खरिदको निर्णय गरिएको नगरप्रमुख भट्टले जानकारी दिए। उनले सम्बन्धित निकायलाई प्रक्रिया छिटो सम्पन्न गरी उपकरण ल्याउन निर्देशनसमेत दिए।

oplus_131074

खेलकुद क्षेत्रको सन्दर्भमा उनले नवौं वडामा नमुना खेलमैदान निर्माणको पहल भइरहेको उल्लेख गरे। सबै क्लबलाई बजेट उपलब्ध गराउन नसकिने भएकाले साझेदारी र समन्वयको आवश्यकता औंल्याउँदै, नमुना खेलमैदानको विकास प्रभावकारी हुने विश्वास व्यक्त गरे।

oplus_131074

यस्तै, चौकीडाँडा–फल्टुडे सडकलाई विकासको प्राथमिकतामा राखिएको बताउँदै उनले सो सडकलाई प्रदेशको गौरवको आयोजना अन्तर्गत निर्माण गरिने प्रतिबद्धता जनाए। निर्माण सम्पन्न भएपछि सो क्षेत्रको आवतजावत सहज र सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ।