डोटीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, स्वास्थ्यकर्मी घाइते

Image
Nisarga Hospital

डोटी: जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेक वाडीमा सोमबार साँझ चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने अर्की स्वास्थ्यकर्मी घाइते भएकी छन्।

CP Hospital Dhangadhi

चट्याङ लागेर घाइते भएकी ४० वर्षीया देउमती साउदलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। चट्याङले उनको पेट र अनुहारमा गम्भीर चोट पुर्‍याएको थियो।

Attariya Hospital

त्यस्तै, बगलेक स्वास्थ्य चौकीमा कार्यरत ३६ वर्षीया अनमी अस्मिता ओली विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन्। उनको दायाँ पाखुरामा चोट लागेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। हाल उनको जिल्ला अस्पताल डोटीमै उपचार भइरहेको छ।

nawajiwan
Advertize US