बैतडीको सिगास–५ मा हुरी र वर्षाले दर्जनौ घरको छाना उडायो, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

बैतडी: आज मिति २०८२ जेष्ठ ५ गते (सोमबार) आएको तेज हावा, हुरी र वर्षाका कारण सिगास गाउँपालिका–५ खैरकोट, सल्याली, ढुंगाडका केही घरहरू र सामग्रीहरूमा ठूलो क्षति पुगेको जानकारी प्राप्त भएको छ।

CP Hospital Dhangadhi

बिपद् व्यवस्थापन शाखा, गर्जे बैतडीका अनुसार अन्य वडाहरूमा पनि के कति क्षति पुगेको छ भन्ने विवरण संकलनको प्रक्रियामा छ। सम्बन्धित वडाका अध्यक्षहरू र वडा स्तरीय बिपद् व्यवस्थापन समितिहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिइएको छ।

nawajiwan

बिपद् व्यवस्थापन शाखाले क्षति भएको स्थान नजिकका छिमेकीहरू, वडा समितिहरू र प्रहरी चौकीसँग सहजीकरण गरी आवश्यक तथ्यांक संकलन तथा राहत कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।

Attariya Hospital

“बिपद् कुनै सूचना वा बाजा बजाएर आउँदैन, त्यसैले सबै वडाबासीले विशेष सतर्कता अपनाउन जरुरी छ,” बिपद् शाखाले जनाएको छ।

साथै, सबैलाई सुरक्षित रहन, आवश्यक सावधानी अपनाउन र आकस्मिक परिस्थितिमा सम्बन्धित निकायसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।