ट्रम्प–पुटिन दुई घण्टे वार्ता: युद्ध रोक्ने प्रयास, युक्रेन सतर्क

Image
Nisarga Hospital

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध चाँडै अन्त्य हुने र दुबै पक्षबीच तत्काल वार्ता हुने घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तापछि ट्रम्पले उक्त दाबी गरेका हुन्। उनले सो वार्ता “सौहार्दपूर्ण र सकारात्मक” भएको बताउँदै, युद्ध अन्त्यका लागि दुबै पक्षको प्रत्यक्ष वार्ता अपरिहार्य रहेको उल्लेख गरे।

ट्रम्पसँगको संवादमा पुटिनले युक्रेनसँग भविष्यमा शान्तिवार्तामा बस्न तयार रहेको बताएका छन्। यद्यपि, अमेरिका र युरोपेली मुलुकहरूले प्रस्ताव गरेको ३० दिने युद्धविरामका विषयमा भने पुटिनले स्पष्ट धारणा नदिएको ट्रम्पले जनाए।

nawajiwan
Attariya Hospital

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अमेरिका अहिले नै पछि हट्नु नहुनेमा जोड दिँदै स्थायी शान्तिको प्रस्तावलाई प्राथमिकता दिनुपर्ने बताए। उनले चेतावनी दिँदै भने, “यदि रुसले प्रस्तावलाई अस्वीकार गर्‍यो भने, कडा प्रतिबन्धको सामना गर्नुपर्नेछ।”

ट्रम्पले पुटिनसँगको कुराकानीअघि जेलेन्स्कीलाई सल्लाह लिएको र युक्रेनबारे कुनै पनि निर्णय सल्लाहमै गरिनुपर्ने बताएका थिए। जेलेन्स्कीले आफूले वार्ताको सम्पूर्ण प्रस्ताव अध्ययनपछि मात्रै निर्णय लिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत ट्रम्पले “शान्तिको सम्भावना बलियो देखिएको” बताएका छन्। साथै, संभावित निर्णायक वार्तामा अमेरिका र केही युरोपेली राष्ट्र सहभागी हुने जानकारी दिएका छन्।

# ट्रेण्डिङ