प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयका ११० विद्यार्थीलाई झोला वितरण

Image
Nisarga Hospital

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।

CP Hospital Dhangadhi

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई नयाँ शैक्षिक सत्रको सुरुवातसँगै झोला सहयोग गरेको हो।

झोला वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा तथा विद्यालयका प्रधानाध्यापक खड्क बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानीय जनप्रतिनिधि, शिक्षक–अभिभावक संघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

Attariya Hospital

nawajiwan
Advertize US