ट्रम्प–पुटिन वार्तापछि पनि युद्धविराम टरियो, रुसले उल्टै युक्रेनमा ड्रोन आक्रमण गर्‍यो !

Image
Nisarga Hospital

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध ‘२४ घण्टा’मै अन्त्य गराउने दाबी गरे पनि व्यवहारमा त्यो सम्भावना अझै देखिएको छैन। सोमबार ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई घण्टा लामो टेलिफोन वार्ता भए पनि युद्धविरामको संकेत देखिएको छैन। ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत रुस–युक्रेन वार्ता नजिकिएको दाबी गरे पनि व्यवहारमा त्यसको ठोस प्रमाण छैन।

CP Hospital Dhangadhi

पुटिनले सोचीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै युद्ध तत्काल रोकिने सम्भावना नरहेको स्पष्ट पारे। ‘भविष्यमा सम्भावित शान्ति सम्झौता’बारे चर्चा गर्दै उनले वार्ता तर्फ रूचि देखाए पनि युद्ध अन्त्यबारे कुनै समयसीमा तय गरिएको छैन। ट्रम्पले भने पुटिनसँगको वार्तापछि युरोपेली आयोगकी अध्यक्ष र फ्रान्स, जर्मनी, इटाली तथा फिनल्यान्डका नेताहरूसँग पनि छलफल गरेका थिए।

Attariya Hospital

युरोपेली युनियनले छद्मरुपमा रूसी तेल ओसार्ने १८९ पानीजहाजमाथि प्रतिबन्धको तयारी गरिरहेको छ। तर ट्रम्पले उक्त कदमप्रति समर्थन नजनाउँदै प्रतिबन्धभन्दा सम्बन्ध सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।

nawajiwan

यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यमा युक्रेनलाई वेवास्ता नगर्न ट्रम्पलाई आग्रह गरेका थिए। तर वार्ताको केही समयमै रुसले १०८ ड्रोनद्वारा युक्रेनी भूमिमा हमला गरेको युक्रेनी वायुसेनाको दाबी छ। अधिकांश ड्रोन खसालिएको भए पनि यसले पुटिनको शान्तिको भाषणभन्दा व्यवहार फरक रहेको प्रष्ट पारेको छ।

Advertize US