सडकमै जन्मिएको जीवन : मानवियताको प्रतीक प्रहरी

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमै सुत्केरी व्यथाले छटपटाएकी एक महिलाको उद्धारमा सक्रिय भूमिका खेलेको भन्दै प्रहरी जवान चन्द्रिका देउवालाई सम्मान गरिएको छ। २४ वर्षीया चन्द्रा आचार्य मंगलबार बिहान अचानक व्यथाले च्यापिएर सडकमै छोरालाई जन्म दिन बाध्य भइन्।

CP Hospital Dhangadhi

खैराना प्रहरी चौकीबाट खटिएकी देउवाले चन्द्रालाई सुरक्षित सुत्केरी गराउन सहयोग गरेकी थिइन्।
उक्त घटनामा साहसिक र मानवीय कार्य प्रदर्शन गरेकाले जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी जवान देउवालाई बुधबार प्रशंसा पत्र प्रदान गर्दै पुरस्कृत गरेको हो। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले उनलाई औपचारिक रूपमा सम्मान गरेका हुन्।

Attariya Hospital

चन्द्रालाई सुरक्षित अस्पताल पुर्‍याउन स्थानीय जनप्रतिनिधि र पद्मा अस्पतालका स्वास्थ्यकर्मीको टोली पनि सक्रिय थियो। देउवाको सहयोगको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको कार्यको चौतर्फी प्रशंसा भइरहेको छ।

nawajiwan

चन्द्रा आचार्य originally सुर्खेतकी हुन् र बझाङका डम्बर जोशीसँग भागी विवाह गरी अत्तरियामा डेरामा बस्दै आएकी हुन्। उनका श्रीमान् रोजगारीका लागि भारतमा छन्। प्रहरी जवान देउवाको कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ, जसले प्रहरीप्रतिको विश्वास अझ सुदृढ बनाएको छ।