यसपालीको मनसुनले ल्याउँनेछ अरु बर्ष भन्दा बढी वर्षा र गर्मी ! देशका धेरै भुभागमा बाढी, पहिरोको उच्च जोखिम

Image
Nisarga Hospital

नेपालमा यस वर्ष पनि मनसुनमा वर्षा र तापक्रम दुवै सामान्यभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको ऋतुगत पूर्वानुमान अनुसार जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा देशका धेरै भागमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने देखिएको हो।

CP Hospital Dhangadhi

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, यस वर्ष स्थानअनुसार ३५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना रहेको छ। उनले प्रि-मनसुन सिजनमै अत्यधिक वर्षा भइसकेकोले माटो चिसो भई मनसुनको सुरूवातमै हुने वर्षाले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिइन्।

भारतको पुणेमा अप्रिल अन्त्यमा सम्पन्न दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले समेत यस वर्ष दक्षिण एसियाली देशहरू — नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमार — मा औसतभन्दा बढी मनसुन सक्रिय हुने जानकारी दिएको थियो।

nawajiwan

विभागको विश्लेषण अनुसार:

पूर्वी नेपाल — औसत वर्षा

मध्य नेपाल — औसतभन्दा केही बढी

पश्चिम नेपाल — औसतभन्दा धेरै

यो वर्ष पनि बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको भन्दै मौसमविद्हरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। नेपालमा मनसुन अवधि जुन १३ देखि अक्टोबर २ सम्म मानिन्छ र यस अवधिमा वार्षिक कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्दछ।

Attariya Hospital

विज्ञहरूका अनुसार तापक्रम र वर्षाको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र र मानव स्वास्थ्यमा गम्भीर असर पार्नेछ। यस्तो जोखिमपूर्ण अवस्थामा, निम्न उपायहरू तत्काल आवश्यक छन्:

बाढी पूर्वानुमान प्रणालीको मजबूती

विपद् व्यवस्थापन योजना

बालीको विविधीकरण

मौसमअनुकूल बीउ प्रविधि प्रयोग

उद्धार र राहतको तयारी

मनसुन केवल पानीको कुरा होइन — यो सम्भावित विनाशको चेतावनी पनि हो। सरकारले पूर्वतयारीमा ढिलाइ गरे जनधनको क्षति टार्न असम्भव हुनेछ।

Advertize US