प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ – उपकुलपति डा. जोशी

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि गृहकार्य भैरहेको बताएका छन्।

CP Hospital Dhangadhi

आज कञ्चनपुरको बेलौरीमा भाषा आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति जोशीले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी मानक भाषाका लागि डोट्याली र थारू भाषाको सिफारिस गरिसकेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वयन भइनसकेको बताए। उनले सरोकारवाला सबै भाषाभाषिहरूसंग अन्तरक्रिया गरी मानक भाषाको निर्धारणका लागि कानून निर्माण गरिनु आवश्यक रहेको बताए। उपकुलपति जोशीले डोटेली भाषालाई खण्डीकृत गर्ने प्रयास गरिनु उपयुक्त नभएको बताउदै प्राचीन डोटी सभ्यताको भाषा नै डोटेली भाषा भएकोले अनावश्यक विवाद गर्न नहुने बताए।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट रहेका थिए.।

nawajiwan
Attariya Hospital

समारोहमा प्रदेश सभा सदस्य गीता चौधरी, संविधान सभा सदस्य कृपाराम राना, पूर्व सांसद लक्ष्मी चौधरी, साहित्यकार पदमराज जोशी, भाषा आयोगका सदस्य डा.पुष्कर भट्ट, लगायतले आ आफ्ना धारणा र सुझाब राखे।

कार्यक्रममा लक्की चौधरीले थारू भाषाबारे,रमेश पन्त मीतबन्धुले डोटेली भाषाबारे र डा. ज्ञानु अधिकारी मातृभाषा शिक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा कैलाली कञ्चनपुरका सय बढी स्रष्टाहरू, राजनीतिज्ञ र भाषाविदको सहभागिता थियो।

Advertize US