सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका विषयमा सरोकारवाला निकायसँग संघर्ष समितिको छलफल हुने

Image
Nisarga Hospital

अत्तरिया: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका सरोकारवाला निकायहरूसँग चरणबद्ध छलफल गर्ने निर्णय गरेको छ। समितिका संयोजक लोकरजा पाण्डेय ‘आगो’ को अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

oplus_131074

CP Hospital Dhangadhi

प्रतिनिधिसभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएपछि अबका आवश्यक कार्यहरू अगाडि बढाउन छलफल थालिने संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले जानकारी दिए। समितिले जेठ ८ गते प्रदेश तथा संघ सरकारलाई धन्यवाद ज्ञापनसहितको ज्ञापन पत्र बुझाउने तयारीसमेत गरेको छ।

Attariya Hospital

सचिव कुँवरका अनुसार जेठ १० गते सुदूरपश्चिमका विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिनेछ भने जेठ ११ गते प्रदेश सरकारका दलका नेताहरूसँग औपचारिक संवाद गरिने छ। छलफलका क्रममा विश्वविद्यालय स्थापनासम्बन्धी आगामी प्रक्रिया, चुनौती र समाधानका उपायबारे विचारविमर्श गरिने बताइएको छ।

nawajiwan

बैठकमा समितिका पदाधिकारी, सदस्य, प्राध्यापक तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।