अत्तरीया बसपार्कमा एक पुरुष बेहोस अवस्थामा फेला

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२ पहाड रोड स्थित अत्तरीया बसपार्कमा एक पुरुष बेहोस अवस्थामा फेला परेका छन्। बिहीबार साँझ करिब ८ बजे समयमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरको नाम, थर र वतन नखुलेका एक पुरुष व्यक्ति बेहोस अवस्थामा भेटिएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार उनलाई तत्कालै उपचारका लागि पद्मा अस्पताल अत्तरीया पठाइएको थियो भने प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि सेती प्रादेशिक अस्पताल, धनगढी रेफर गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले जानकारी दिएका छन्।

Attariya Hospital

बेपत्ता व्यक्तिको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

nawajiwan
Advertize US