
बैतडी, खलंगा आसपास केन्द्रविन्दु बनाएर आज बिहान १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार भूकम्पको केन्द्रविन्दु बैतडी क्षेत्र नै भएको हो। मध्यरातको समयमा आएको तीव्र धक्काले मस्त निद्रामा रहेका नागरिकहरू हतार-हतार घरबाट बाहिर निस्किएका थिए। त्रासको वातावरण सिर्जना भएको छ।

हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको/नभएकोबारे स्पष्ट जानकारी आइसकेको छैन। थप विवरण प्रतीक्षारत छ।




















