गोदावरी–१२ मा दुर्व्यसनी र बालविवाह न्यूनीकरणका लागि दुई दिने अभिमुखीकरण तालिम सुरु

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका–१२ स्थित दुर्गा माध्यमिक विद्यालय, कोल्मुडा प्राङ्गणमा लागू औषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणमा केन्द्रित दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ। तालिमको आयोजना अत्तरिया विकास मञ्च नेपालले इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा गरेको हो।

oplus_131074

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, अभिभावक, विद्यालयका प्रतिनिधि, शिक्षक तथा सामुदायिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको उद्घाटन गर्दै गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले सामाजिक विकृति र विसङ्गति विरुद्ध सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै भने, “लागू औषध, मध्यपान र बालविवाहजस्ता समस्याले हाम्रो भविष्य निर्माण गर्ने पुस्तालाई नै संकटमा पारिरहेको छ। विद्यार्थी तथा युवालाई यस्ता कुलतबाट जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।”
oplus_131106

CP Hospital Dhangadhi

नगर प्रमुख भट्टले गोदावरी नगरपालिका भित्र लागू औषधको पहुँच बढ्नुमा खुला सीमा तथा जनसंख्याको चाप प्रमुख कारण रहेको उल्लेख गरे। “कैलालीका १३ वटै पालिकाभन्दा पनि गोदावरीमा सीमावर्ती क्षेत्र खुल्ला भएकाले दुर्व्यसनको जोखिम बढी छ,” उनले भने।

oplus_131072

कार्यक्रममा प्रहरी नायव निरीक्षक रण बहादुर चन्दले तालिमका सहभागीलाई सम्वोधन गर्दै भने, “एक जना प्रहरीले मात्रै समाज सुधार्न सक्दैन। सबै गाउँ–बस्तीका जनताले सहकार्य नगरी समस्याको समाधान सम्भव छैन।” उनले दुर्व्यसनको रोकथामका लागि परिवार, विद्यालय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

nawajiwan
Attariya Hospital

तालिमका क्रममा वक्ताहरूले विद्यालय र परिवारको भूमिकामाथि पनि चर्चा गरे। “छोराछोरी स्कुलबाट समयमा फर्किए वा फर्किएनन् भन्ने कुरासमेत ध्यान दिन जरुरी छ,” भनी सहभागीहरूलाई सचेत गराइयो।

oplus_131074

वडा नं. १२ का अध्यक्ष भीम बहादुर खड्काले युवापुस्तालाई सही मार्गमा डो-याउन यस्ता तालिम आवश्यक रहेको बताए। “यदि यस्ता कार्यक्रम निरन्तरता पाएमा दीर्घकालीन रूपमा समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ,” उनले भने।

oplus_131072

आयोजक संस्था अत्तरिया विकास मञ्च नेपालका संस्थापक अध्यक्ष कृष्ण विकले तालिम गोदावरी नगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा सञ्चालन भएको जानकारी दिए। “स्थानीयस्तरमै यस्ता कार्यक्रमले चेतना जगाउन मद्दत गर्छन्। आगामी आर्थिक वर्षमा पनि यस्ता अभियानलाई निरन्तरता दिनेछौं,” उनले बताए।
oplus_131106

गणेश कमीको सभापतित्वमा सुरु भएको तालिमको दोस्रो तथा अन्तिम दिन भोलि सम्पन्न हुनेछ। सहभागीहरूबीच समुहगत छलफल, केस स्टडी तथा व्यावहारिक अभ्याससमेत गराइने आयोजकले जनाएको छ।

Advertize US