
गोदावरी नगरपालिका–५ का २७ वर्षीय उमेश नेपाली चार वर्षअघि भएको हत्या घटनामा संलग्न आरोपमा पक्राउ परेका छन्।

२०७८ माघ २ गते गोदावरीकै २० वर्षीय प्रकाश नेपालीको मृत्यु प्रकरणमा उमेशमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएपछि उनी फरार थिए।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएपछि प्रहरीले फरार अभियुक्त उमेशलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका उमेशमाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान जारी छ।
















