अत्तरिया बसपार्कमा नेपाली सेनाको काँडेतार घेराबार: करोडौँका संरचना बनेपछि मात्र जमिनको दाबी

Image
Nisarga Hospital

नेपाली सेनाले कैलालीको अत्तरिया बसपार्कसहितको क्षेत्रमा काँडेतार लगाउने तयारी थालेको छ। सेनाले वैशाख १२ गते ३५ दिने टेन्डर आह्वान गर्दै करिब ७० लाख १० हजार रुपैयाँको लागतमा काँडेतार लगाउने प्रक्रिया अघि बढाएको हो।

CP Hospital Dhangadhi

देवीदल गणका गणपति धिरज थापाले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। तर स्थानीयस्तरमा भने यो कदमले विवाद सिर्जना गरेको छ।

नेपाली सेनाले अत्तरिया बसपार्क, बनखेतदेखि पहाड रोड, लामिताल क्षेत्र लगायतका करिब साढे १७ हेक्टर जमिन “नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त” भएको दाबी गर्दै आएको छ। करिब तीन वर्षअघि सेनाले त्यहाँ साइनबोर्ड राखेर उक्त क्षेत्र आफ्नो स्वामित्वमा रहेको जनाएको थियो।

nawajiwan

तर यस क्षेत्रमा अहिले गोदावरी नगरपालिका, विभिन्न संघसंस्था र स्थानीय बासिन्दाहरूले भोगाधिकार गर्दै आएका छन्। संरचना निर्माणका लागि २०६७/६८ सालतिर स्थानीयले जनस्तरबाट रकम उठाएर विकास कार्य गरेका थिए। सेनाले त्यसबेला कुनै प्रतिक्रिया नदिए पनि अहिले करोडौँ रुपैयाँ बराबरका संरचना बनेपछि मात्रै स्वामित्वको दाबी अघि सारेको स्थानीय सामाजिक अगुवा र राजनीतिक नेतृत्वले जनाएका छन्।

Attariya Hospital

उक्त जमिन तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा, २०६२ सालमा सेनाको नाममा नामसारी गरिएको भनिएको भए पनि त्यसबारे प्रस्ट कागजात सार्वजनिक गरिएको छैन। अहिले काँडेतार लगाउने तयारीसँगै सेनाले जमिन कब्जाको संकेत देखाएको भन्दै स्थानीयले गम्भीर चासो व्यक्त गरेका छन्।

सार्वजनिक उपयोगमा रहेको बसपार्क र आसपासको क्षेत्रमा स्वामित्व विवाद चुलिँदै जाँदा स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

यद्यपि सेनाले अहिले त्यस्तो केही नभएको बताएको छ ।सेनाका एक अधिकारीले भने,’ छलफल मै छौ अहिले घेरबार गर्ने कुनै योजना छैन । नगरपालिका संग समन्वय मै छौं । त्यो बाहिर आको जस्तो अहिले केही तयारी छैन ।’