दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ..

Image
Nisarga Hospital

दार्चुलाः नेपाल लेखा व्यवस्थापन प्रणाली (LMBIS) छलेर झूठो भौचर अपलोड गरी किर्ते गरेको आरोपमा दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख रुपैयाँ राजस्व दाखिला नभएको देखिँदासमेत भट्टले झूठो भौचर प्रणालीमा अपलोड गरेको पाइएको छ। सोही अभियोगमा मुलुकी फौजदारी संहिताअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

Attariya Hospital

महालेखापरीक्षक तोयम रायाले अनुसन्धानका लागि निर्देशन दिएपछि सुदूरपश्चिम शाखाले समन्वय गर्दै जेठ ७ गते भट्टलाई सदरमुकाम खंलगाबाट पक्राउ गरेको हो।

nawajiwan

प्रारम्भिक अनुसन्धानका क्रममा भट्टले दाखिला नभएको रकम पाँच महिनापछि मात्रै गत चैत १९ गते भुक्तानी गरेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ। हाल जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

Advertize US