प्रदेशस्तरीय होमस्टे महोत्सवको आयव्यय सार्वजनिक

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–१६ स्थित थारु सामुदायिक होमस्टे गाउँ भादामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ ।थारु होमस्टे गाउँभादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा गत बैशाख १८ देखि २० गतेसम्म सञ्चालन भएको महोत्सवको शनिबार पत्रकार सम्मेलनमार्फत आयव्यय सार्वजनिक गरिएको हो ।

CP Hospital Dhangadhi

पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले आयव्यय प्रस्तुत गर्दै महोत्सव सम्पन्न गर्न विभिन्न निकायबाट रु १५ लाख ६० हजार प्राप्त भएको बताए ।उनले प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयक इकाइबाट रु १५ लाख, जेडएसएल कञ्चनपुरबाट ३० हजार, कृषि विकास वैंक धनगढीबाट १० हजार डिभिजन वन कार्यालय कैलालीबाट १० हजार र नेपाल पंछी संरक्षण संघबाट १० हजार प्राप्त भएको बताए । महोत्सव सम्पन्न गर्न रु १५ लाख ६१ हजार २६६ खर्च भएको बताए ।उनले प्रदेशका विभिन्न जातजाति तथा समुदायले सञ्चालन गरेका होमस्टेको बजारीकरण तथा व्यवसायिकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

Attariya Hospital

विभिन्न जातजाति तथा समुदायका परम्परा, संस्कार, संस्कृति, खानपान, भेषभुषा, सीपकला, प्राकृतिक सम्पदा, पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रदेशको पहिचान होमस्टे पर्यटन व्यवसायमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको जनाइएको छ । महोत्सवको प्रवर्धक प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढी रहेको र होमस्टे (घरबास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको समन्वय रहेको जनाइएको छ ।

nawajiwan

# ट्रेण्डिङ