कार्यालय प्रमुखमाथि हातपातको विरोधमा कैलाली भन्सार कार्यालय ठप्प

Image
Nisarga Hospital

कार्यालय प्रमुखमाथि कुटपिट भएको भन्दै धनगढीस्थित कैलाली भन्सार कार्यालयका कर्मचारीले कामकाज ठप्प पारेका छन्। कुटपिटको विरोध तथा सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि कैलाली भन्सार कार्यालयबाट आज कुनै पनि सामान आयात–निर्यात भएको छैन।

CP Hospital Dhangadhi

कैलाली भन्सार कार्यालयका प्रमुख, प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि शनिबार राती कुटपिट भएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहितको टोलीसँग शनिबार राती करिब १० बजेतिर भन्सार कार्यालयको गेट बाहिर विवाद भएको थियो। सार्वजनिक भएको सिसीटिभी फुटेजमा प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कार्यालय परिसरमा कुटपिट भएको देखिएको छ।

कैलाली भन्सार कार्यालयका प्रवक्ता भन्सार अधिकृत खीम अर्यालले भन्सार कार्यालयका सेवा आज पूर्णरुपमा बन्द रहेको जानकारी दिए। ‘कार्यालय प्रमुखमाथि कुटपिटपछि हामीले असुरक्षा महसुस गरेका छौँ’ उनले भने, ‘कुटपिटमा संलग्नलाई कारबाही हुनुपर्ने र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेर काम रोकेका हौँ।’

nawajiwan

भन्सार कार्यालयबाट अहिले दैनिक करिब तीन करोड रुपैयाँ राजस्व संकलन हुने गरेको अर्यालले जानकारी दिए। आयात रोकिएपछि व्यवसायी मारमा परेका छन्। यहाँ निर्यात भने खासै हुँदैन।

Attariya Hospital

प्रमुख भन्सार अधिकृत तिम्सिनाले सीसिटिभी फुटेजका आधारमा घटनामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनले कुटपिटमा संलग्नको नाम भने खुलाएका छैनन्।

एउटा स्कारपियोले धनगढी–अत्तरिया ६ लेन सडकको मिडियनमा लगाएको जाली भत्काएर भागेको सूचनापछि नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडी खोज्न कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो। त्यस क्रममा भन्सार कार्यालय प्रमुख तिम्सिना र नगर प्रहरीबीच विवाद भएको बताइएको छ।

नगर प्रहरी प्रमुख धामीले भने मापसे गरेको अवस्थामा भेटिएका भन्सार प्रमुखसँग सामान्य धरपकडमात्र भएको दावी गरेका छन्। भन्सार प्रमुख तिम्सिनाले गाडी थुन्ने धम्की दिँदै गाडीमा हान्न थालेपछि विवाद भएको उनले बताएका छन्। भन्सारको ब्यारेलमै सशस्त्र प्रहरीको पोष्ट छ।

नगर प्रहरी प्रमुख धामीलाई स्पष्टीकरण
धनगढी उपमहानगरपालिकाले भन्सार कार्यालय प्रमुखमाथि कुटपिटमा संलग्नता देखिएको भन्दै नगर प्रहरी प्रमुख धामीलाई स्पष्टीकरण सोधेको छ। प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले २४ घण्टाभित्र उचित कारणसहित स्पष्टीकरण पेश गर्न भनेका हुन्।

Advertize US