परीक्षामा गार्ड बस्न नदिएको भन्दै धनगढीको एसपीए कलेजमा तालाबन्दी

Image
Nisarga Hospital

अत्तरिया : स्नातक तह चौथो वर्षको वार्षिक परीक्षामा गार्ड बस्न नदिएको भन्दै धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी गरिएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्ले परीक्षामा गार्ड बस्न नदिएको भन्दै तालाबन्दी गरेको हो। सोमवार अध्यक्ष कृष्ण पुजारालगायतका परिषद्का पदाधिकारीले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस भवनमा पठनपाठन अवरुद्ध गर्ने हिसाबले परिषद्का अध्यक्ष पुजरा, उपाध्यक्ष भुवन भट्ट, सचिव निशान्त बम, कोषाध्यक्ष हेम जोशी सदस्यहरू योगेन्द्र चन्द र आशिष भट्टले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ। उनीहरूले परीक्षामा आफूहरूलाई गार्ड राख्न भनेको तर, क्याम्पस प्रशासनले गार्ड नराख्दा निहुँ खोजेर तालाबन्दी गरेको क्याम्पस प्रमुख योगराज गौतमले बताए।

Attariya Hospital

विद्यार्थी परिषद्का अध्यक्ष पुजारीले भने गार्ड राख्नुपर्ने माग नगरेको बताएका छन्। उनले क्याम्पसले पुस्तकालय, छात्रवृत्ति र अङ्ग्रेजी विषयको प्राध्यापकको विषयमा उठेका समस्या सम्बोधन गर्न बेवास्ता गरेपछि क्याम्पसमा तालाबन्दी गरेको बताए। विद्यार्थी परिषद्ले क्याम्पस भवनमा तालाबन्दी गर्दा आजबाट नियमित पठनपाठन अवरुद्ध हुने भएको छ।

nawajiwan

विद्यार्थी परिषद्ले उठाएका कुरामा भने कुनै सत्यता नभएको क्याम्पस प्रमुख गौतमले बताए। उनले पुस्तकालयमा पर्याप्त सन्दर्भ सामग्री रहेको, अङ्ग्रेजी विषयको अध्यापकको विज्ञापन गरेर छनोटको प्रक्रियामा रहेको तथा क्याम्पसले सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको दाबी गरे।

Advertize US