गोदावरी नगरपालिकाद्वारा वडा स्तरमा कानुनी अभिमुखीकरण कार्यक्रम

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले न्यायिक प्रणाली र अधिकार सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले वडा स्तरमा एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको न्यायिक शाखाको आयोजनामा सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने कार्यक्रम १२ वटै वडाका मेलमिलापकर्ताहरूलाई लक्षित गरी गरिएको हो। प्रत्येक वडाबाट सहभागी मेलमिलापकर्ताहरूलाई न्यायिक अधिकार, स्थानीय विवाद समाधान प्रक्रिया, कानुनी संरचना तथा स्थानीय तहमा कानुनी कार्यान्वयनका विषयमा विस्तृत जानकारी दिइएको छ।

कार्यक्रममा सहायक महिला विकास निरीक्षक धना जोशीले अभिमुखीकरणले मेलमिलापकर्ताहरूलाई कानुनी कार्य सम्पादन गर्न सहज बनाउने विश्वास व्यक्त गरिन्। स्थानीय तहमा साना–साना विवादको समाधान गर्ने मेलमिलापकर्ताहरूलाई स्पष्ट कानुनी ज्ञान आवश्यक रहेको र यस्ता कार्यक्रमले उनीहरूको भूमिकालाई प्रभावकारी बनाउने उनले बताइन्।

nawajiwan
Attariya Hospital

कार्यक्रममा गोदावरी नगरपालिकाका कानुन अधिकृत तपेन्द्र प्रसाद न्यौपानेले प्रशिक्षण प्रदान गरिरहेका छन्। न्यौपानेले मेलमिलाप समितिको भूमिका, अधिकार, प्रक्रिया र व्यवहारिक पक्षहरूबारे प्रशिक्षणमार्फत सहभागीहरूलाई जानकारी गराउँदै छन्। उनले मेलमिलापकर्ताले कानूनअनुसार निष्पक्ष निर्णय लिन आवश्यक रहेकोमा जोड दिए।

यो अभिमुखीकरण कार्यक्रमबाट स्थानीय तहमा न्यायिक सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ। सहभागीहरूले पनि यस्ता तालिमले आफ्नो जिम्मेवारी बुझ्न र व्यावहारिक समस्याको समाधान गर्न मद्दत गर्ने बताएका छन्।

Advertize US