सडक डिभिजन कार्यालय महेन्द्रनगरले अत्तरिया क्षेत्रमा १४ किलोमिटर सडकलाई रिसेलिङ गर्दै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरिया बजारदेखि भ्यागुतेपानीको माथिल्लो घुम्तीसम्मको झण्डै १४ किलोमिटर सडक खण्डमा अहिले रिसेलिङ (पुनःसडक सुधार) कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

CP Hospital Dhangadhi

सोमबारदेखि सुरु गरिएको उक्त काम अन्तर्गत सडकमा पहिला टालटुल सुधार, त्यसपछि ओभरले, बिटुमिन छर्किने र गिट्टी छरेर रोलरद्वारा दवाउने काममार्फत सडक बलियो बनाउने प्रक्रिया अपनाइएको छ।

nawajiwan

सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर प्रकाश खड्काका अनुसार, यो सडकखण्डको मर्मत तथा स्तरोन्नतिको जिम्मा आरडीआपीएसके जेभी नामक निर्माण कम्पनीले लिएको हो। यो कार्य २ करोड ६० लाख रुपैयाँको बजेटमा सम्पन्न हुँदैछ।

खड्काका अनुसार, अत्तरिया–भ्यागुतेपानीको माथील्लो घुम्तीसम्म सडक करिब ५–६ वर्षअघिको निर्माण भएको भए पनि समयक्रममा सवारी चाप, मौसमीय असर र मर्मतको अभावका कारण सडक सतह पातलो र क्षतिग्रस्त हुँदै गएको थियो। त्यसैले सडकको दिगोपन कायम राख्न पुनःसुधार गर्नुपर्ने आवश्यकताअनुसार काम अगाडि बढाइएको हो।

Attariya Hospital

हाल भइरहेको रिसेलिङ प्रक्रियामा खाल्डाखुल्डी पुरेर सरफेस मेन्टिनेन्स (सतह मर्मत) गरिसकेको, त्यसपछि गिट्टी छरेर मजबुत रोलरले दबाइने कार्य गरिँदैछ। यसले गर्दा सवारी आवागमनमा सहजता ल्याउने र दुर्घटनाको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

सडक सुधार कार्य तीव्र गतिमा भइरहेको देखेर स्थानीयवासी उत्साहित देखिएका छन्। उनीहरूले यसले नजिकैका गाउँहरूमा व्यवसाय, स्वास्थ्य सेवा, शिक्षा र कृषि बजारमा सहज पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

सडक डिभिजन कार्यालयले मौसममा समस्या नआए पछि १ साता भित्र काम सम्पन्न गरी गुणस्तरीय निर्माण सुनिश्चित गरिने बताएको छ।

Advertize US