उग्रतारा देहीजाँतका अवसरमा अमरगढी नगरपालिकामा मंगलबार सार्वजनिक बिदा

Image
Nisarga Hospital

डडेल्धुरा : डडेल्धुराको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला उग्रतारा देहीजाँतका अवसरमा अमरगढी नगरपालिकाले मंसिर ८ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरूमा उक्त दिन बिदा रहने जनाएको छ।

नगरपालिकाका अनुसार उग्रतारा भगवती मन्दिरमा प्रत्येक वर्ष लाग्ने प्रसिद्ध देहीजाँतको अवसरमा स्थानीय बिदा दिने परम्पराअनुसार यस वर्ष पनि बिदा दिने निर्णय गरिएको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तराज पन्तले देहीजाँतका अवसरमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन्।

उग्रतारा देहीजाँत डडेल्धुराको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलामा डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु तथा दर्शनार्थी सहभागी हुने गर्छन्। मेलामा भक्तजनले भगवतीको दर्शन तथा पूजाआजा गर्ने परम्परा रहेको छ।