स्वस्थ भान्साबाट स्वस्थ समाज निर्माणतर्फ: दुर्गालक्ष्मी नमुना माविमा भान्सा सुधार अन्तरसंवाद कार्यक्रम हुने

Image
Nisarga Hospital

अत्तरिया: “जब हुन्छ स्वस्थ भान्सा, तब हुन्छिन स्वस्थ आमा, अनि हुन्छ स्वस्थ घर र बन्छ स्वस्थ विद्यालय तथा स्वस्थ समाज।” यही सन्देशलाई आत्मसात् गर्दै दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरियामा एक विशेष अन्तरसंवाद कार्यक्रम हुने भएको छ।

CP Hospital Dhangadhi

नेपालकै अग्रणी पंचगव्य सिद्ध महिला अभियन्ता लिला श्रेष्ठको प्रमुख उपस्थितिमा यहि १७ गते शनिवार बिहान ७:०० बजे, भान्सा सुधार तथा प्राकृतिक भोजन र शरीर विज्ञान सम्बन्धी ज्ञानमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी भई स्वस्थ जीवनशैली र प्राकृतिक भोजन प्रणालीबारे ज्ञान हासिल गर्नु सबैका लागि एक सुवर्ण अवसर रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहा बताउनुहुन्छ।

nawajiwan
Attariya Hospital

उहाँका अनुसार, “स्वस्थ परिवार र शिक्षाको जग स्वस्थ भोजन प्रणालीमा टेकेर अगाडि बढ्छ। यस्तो अभियान विद्यालय र समुदाय दुबैको हितमा छ।”

विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयबासीलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।

Advertize US