गोदावरी नगरमा मेलमिलापकर्ताहरूलाई कानुनी सम्बन्धी तालिम सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका न्यायिक शाखाको आयोजनामा वडास्तरमा रहेका मेलमिलापकर्ताहरूलाई लक्षित गरी कानुनी सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिममा १२ वटै वडाका मेलमिलापकर्ताहरू, न्यायिक समितिका सदस्यहरू गरी कुल ७५ जना भन्दा बढी सहभागी थिए ।

CP Hospital Dhangadhi

तालिम सोमबार र मंगलबार गरी दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो दिन वडा नं. १ देखि ६ सम्मका मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो भने दोस्रो दिन वडा नं. ७ देखि १२ सम्मका मेलमिलापकर्ताहरु सहभागी भएका थिए ।

यस्तै कार्यक्रममा उप–प्रमुख शारदा देवी रोकायाले सम्पन्न कानुनी सम्बन्धी तालिमले मेलमिलाप कार्य गर्न सहज वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिन् । उनले मेलमिलापका सात चरण रहेको उल्लेख गर्दै हरेक चरणका नियमहरूको पालना गरिएमा मेलमिलाप प्रक्रिया सजिलो हुने बताइन् । साथै मेलमिलाप कानुनी नियमहरू पुनः स्मरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताईन । उप–प्रमुख रोकायाले आगामी दिनहरूमा मेलमिलापकर्ताहरूलाई अझ प्रभावकारी रूपमा न्याय सम्पादनमा सहजीकरण हुने विश्वास व्यक्त गर्दै नीति तथा नियमहरू परिमार्जन गर्दै थप तालिमहरू प्रदान गरिने जानकारी दिइन् ।

nawajiwan
Attariya Hospital

साथै नगरपालिका सहायक महिला विकास निरीक्षक धना जोशीले मेलमिलापकर्ताहरूलाई न्याय सम्पादनमा सहजता होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताईन । उनले मेलमिलाप प्रक्रियामा देखा पर्ने कानुनी समस्या समाधान गर्न सकून् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको बताइन् ।
अन्तरक्रियात्मक शैलीमा सञ्चालित तालिममा मेलमिलाप प्रक्रिया सम्बन्धी छलफल, अभ्यास र सहजीकरण समेत गरिएको थियो ।

कार्यक्रममा मेलमिलापकर्ताहरुलाई कानुको परिचय, कानुनका प्रकार, महत्व, मेलमिलापका कार्यविधि, मेलमिलापका विशेषता सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कानुन नियम सम्बन्धी तालिम कानुन अधिकृत तपेन्द्रप्रसाद न्यौपानेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा तीन जना न्यायिक समिति सदस्यहरूलाई पनि प्रशिक्षण दिइएको थियो ।

Advertize US