गोदावरी नगरपालिकालाई सिकलसेल र थालासेमिया स्क्रिनिङ मेसिन हस्तान्तरण

Image
Nisarga Hospital

स्वास्थ्य कार्यालय कैलालीले गोदावरी नगरपालिकालाई सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान (स्क्रिनिङ) गर्नका लागि अत्याधुनिक स्क्रिनिङ मेसिन हस्तान्तरण गरेको छ। करिब ८ लाख ८९ हजार रुपैयाँ मूल्यको सो मेसिनसँगै डेङ्गु परीक्षण किटसमेत नगरलाई उपलब्ध गराइएको हो।

CP Hospital Dhangadhi

स्वास्थ्य कार्यालयका प्रतिनिधिबाट औपचारिक कार्यक्रमकाबीच मेसिन गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरिएको थियो।


“स्वास्थ्य कार्यालय कैलालीले यस्तो संवेदनशील र दीर्घकालीन महत्वको उपकरण प्रदान गरेर हामीलाई ठूलो साथ दिएको छ। यो मेसिनबाट राना, थारु, चौधरी समुदायमा बढी देखिने रोगहरूको पहिचान र समयमै उपचार गर्न सजिलो हुने जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

nawajiwan
Attariya Hospital

तेसै गरी गोदावरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले भने, हाम्रो पालिकाको वडा नं. ३, ५, ६, ८ र ९ मा राना, थारु, चौधरी समुदायको बाक्लो बसोबास रहेको छ। त्यहाँ सिकलसेल र थालासेमिया रोगको जोखिम बढी हुने भएकाले स्क्रिनिङ आवश्यक थियो। यो मेसिनले समुदायमै बसेर परीक्षण गर्ने सुविधा दिन्छ, जुन ठूलो उपलब्धि हो।”

उनका अनुसार, अब स्थानीय तहमै परीक्षण सेवा उपलब्ध हुँदा समुदायलाई सहज हुनेछ र रोगको प्रारम्भिक अवस्था मै पहिचान गरेर उपचार थाल्न सकिनेछ।

# ट्रेण्डिङ