अत्तरियाको डिडिसी स्थानान्तरणको विरोधमा अत्तरियामा कारखानामा तालाबन्दी

Image
Nisarga Hospital

अत्तरिया: अत्तरियास्थित धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कारखानामा बुधबार स्थानीयहरुले तालाबन्दी गरेका छन्। यसअघि कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरुले डीडीसी स्थानान्तरणको विरोधमा कारखाना समेत बन्द गराएका हुन्।

CP Hospital Dhangadhi

डीडीसी कार्यालय धनगढी सार्न लागिएको खबर सार्वजनिक भएपछि स्थानीयस्तरमा विरोध सुरु भएको थियो। कार्यालयमा एक हप्ता अघिदेखि तालाबन्दी भइरहेको भए पनि आयोजनाका तर्फबाट कुनै संवाद वा पहल नभएको भन्दै आन्दोलनकारीहरुले कारखानामै तालाबन्दी गर्न बाध्य भएको बताएका छन्।

Attariya Hospital

डीडीसी अत्तरियामै राख्न दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयका अनुसार बुधबार पहिलो चरणमा दुई घण्टाका लागि कारखानामा तालाबन्दी गरिएको हो। उनले भने, “हामी वार्ताका लागि पटक–पटक आग्रह गरिरहे पनि बेवास्ता गरियो, त्यसैले कारखानामा पनि तालाबन्दी गर्नुपर्‍यो।”

संघर्ष समितिले माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। संयोजक पाण्डेयका अनुसार बिहीबार बिहान ९:३० बजेबाट एक घण्टा चक्का जाम गर्ने कार्यक्रम रहेको छ। साथै कारखानामा पूर्ण रुपमा तालाबन्दी गरी सेवा अवरुद्ध पारिने तयारीसमेत गरिएको छ।

nawajiwan

स्थानीयहरुले डीडीसी जस्तो सेवा–आधारित संस्था अत्तरियाबाट हटाउने निर्णयको खारेजी गर्न माग गर्दै आएका छन्। उनीहरुको दाबी छ— डीडीसीको स्थानान्तरणले स्थानीय अर्थतन्त्रमा प्रतिकूल असर पर्नेछ।

Advertize US