डीडीसी अत्तरियाबाट सार्ने तयारी, स्थानीयको विरोध चर्किँदै

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) धनगढी सार्ने विषय पेचिलो बन्दै गएको छ। गोदावरी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले डीडीसी नसार्न निरन्तर दबाब दिइरहेका छन् भने आयोजना प्रमुख भने जसरी पनि सार्ने मनसायमा देखिएका छन्।

CP Hospital Dhangadhi

स्थानीयले विरोधस्वरूप विभिन्न कार्यक्रम गर्दै आएका छन्। जेठ ८ गतेदेखि कार्यालयमा तालाबन्दी गरिएको छ, जुन हालसम्म खुल्न सकेको छैन। स्थानीयले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउने प्रस्ताव राख्दै कार्यालय सार्न नहुने माग गरिरहेका छन्।

बुधबार भएको छलफलमा सहभागी अधिकांश वक्ताहरूले कार्यालय प्रमुख निरञ्जन भट्टराईप्रति आक्रोश व्यक्त गरे। गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले जग्गा उपलब्ध गराउँदा गराउँदै पनि कार्यालय सार्न खोज्नु उचित नहुने बताएका छन्। उनले वडा नम्बर ४ मा रहेको सरकारी जग्गा उपलब्ध गराउन तयार रहेको र मन्त्रालयमा पत्राचार गरिसकेको पनि जानकारी दिए।

oplus_131074

भट्टले तालाबन्दीपछि कार्यालय प्रमुख सम्पर्कमा नआएको भन्दै गुनासो गरे। “कार्यालय प्रमुख अहिलेसम्म स्थानीय निकाय वा सुरक्षा निकायसँग कुनै सम्पर्कमा आएका छैनन्, यस्तो गैरजिम्मेवार रवैया स्वीकार्य छैन,” उनले भने। उनले स्थानीयको जनभावनाविपरीत काम गर्ने हाकिमलाई कारबाही गर्नुपर्ने धारणा राखे।

nawajiwan

त्यस्तै, स्थानीयवासी विनोद विष्ट र धर्मसिंह कुँवरले आयोजनाका प्रमुख भट्टराईलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन्।

oplus_131074

Attariya Hospital

गत पुस १६ गते अत्तरियामा पर्याप्त जग्गा नभएको भन्दै डीडीसीलाई धनगढी सार्ने प्रस्ताव बाहिरिएपछि स्थानीयहरूले निरन्तर विरोध जनाउँदै आएका हुन्। पुस १७ गतेदेखि डीडीसी कार्यालयमा पुगेर विरोध प्रदर्शन थालिएको हो। सोही दिन नगरप्रमुख भट्टको नेतृत्वमा बसेको बैठकले प्रवक्ता गोपालदत्त भट्टको संयोजकत्वमा डीडीसीका लागि अत्तरियामै उपयुक्त जग्गा खोज्न कार्यदल गठन गरेको थियो।

oplus_131074

त्यसयता विभिन्न प्रयास गरिए पनि हालसम्म उपयुक्त जग्गाको टुंगो लाग्न सकेको छैन। नगर प्रमुख, प्रदेश सांसदहरू र स्थानीयवासीले अत्तरियामै रहेका केही सार्वजनिक जग्गाहरूको अवलोकन समेत गरेका छन्।

डीडीसी कार्यालय छेउमै रहेको चाहना सामुदायिक वनले समेत थप जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ। पर्याप्त जग्गा उपलब्ध हुँदा हुँदै पनि आयोजना सार्न खोजिएको भन्दै आयोजनाका प्रमुखमाथि भ्रष्टाचारको आशंका गरिएको छ।

डीडीसी अत्तरियामा २०६७ सालमा स्थापना भएको हो। हाल कृषि उपज थोक बजारको भवनमा मासिक २५,६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको डीडीसीले अत्तरिया, धनगढी, दिपायल, डडेल्धुरा र टीकापुरमा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ। यसले कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाका करिब ६,००० किसानबाट दूध संकलन गर्दै आएको छ।

# ट्रेण्डिङ