बजेटको अभावमा मनहराखोला पुल निर्माणमा ढिलाइ, अन्य दुई पुलको काम तीव्र

Image
Nisarga Hospital

अत्तरियाः धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत मनहराखोलामा निर्माणाधीन पुलको काम बजेट अभावका कारण सुस्त बनेको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअगाडि बनिरहेको सो पुलको करिब ६० प्रतिशत काम पूरा भए पनि हाल कामले अपेक्षित गति लिन सकेको छैन।

CP Hospital Dhangadhi
Attariya Hospital

महाकाली पुल योजना कार्यालयका इन्जिनियर सन्तोष चन्दका अनुसार चालु आर्थिक वर्षमा पुल निर्माणका लागि आएको १ करोड ३५ लाख रुपैयाँ बजेट पूरै खर्च भइसकेको छ भने अझै १ करोड रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी छ। पुल निर्माणको ठेक्का आर्थिक वर्ष २०७७/७८ मा उच्चकोटी-शनिदेव-साजेन्द्रेश्वर जेभीले भ्याटसहित ७ करोड ८३ लाख ३२ हजार रुपैयाँमा लिएको हो। ठेक्काको समयसीमा आगामी भदौ २८ गतेसम्म तोकिएको छ।

सुनिखोला पुलको काम अन्तिम चरणमा
मनहराखोला नजिकै बनिरहेको सुनिखोला पुलको काम भने लगभग सम्पन्न भएको छ। सो पुलको निर्माण जिम्मा राजेन्द्र निर्माण सेवाले पाएको हो, र काम आगामी असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने छ।

मोहना नदीमा बनिरहेको पुलको काम तदारुकताका साथ
त्रिनगर भन्सारस्थित मोहना नदीमा निर्माणाधीन अर्को पुलको भौतिक प्रगति पनि ६० प्रतिशत पुगेको छ। महाकाली पुल योजना कार्यालयका अनुसार १३ करोड १७ लाख रुपैयाँको लागतमा रायमाझी कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको यो पुल पर्याप्त बजेट प्राप्त भएपछि अपेक्षित गतिमा अगाडि बढिरहेको छ। यद्यपि, यस पुलको ठेक्का अवधि गत वैशाख २१ गते नै सकिएको हो।

Advertize US