अत्तरियामा महिला सशक्तीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा महिला सशक्तीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ को सहयोगमा अत्तरिया मिडिया प्रालीले कार्यक्रमको आयोजना गरेको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटाले महिलाहरूले कानुनी रूपमा महिलाहरूका के–के अधिकार छन् भन्ने बारेमा जानकारी लिन आवश्यक भएको बताइन् ।

उनले तीनै तहको सरकाले महिलाहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै यस्ता कार्यक्रमबाट सिकेका कुरा व्यवहारमा लागू गर्ने पर्नु बताइन् ।

nawajiwan

उनले भौतिक विकास मात्रै नभएर महिलाले महिलाका आवाज उठाउनु पर्ने बताइन् । ‘महिलाहरूले पनि सडक, बाटोघाटोको कुरा मात्रै गर्नु भएन । महिलाहरूले आफ्ना कुराहरू पनि राख्नुपर्ने हुन्छ’ उनले भनिन् ‘अब महिलाले सशक्तीकरण सँगै जीविकोपार्जनका कुरा पनि गर्नुपर्ने हुन्छ ।’

Attariya Hospital

वडाध्यक्ष यज्ञ बहादुर महराले महिलाले आफ्ना हक अधिकारका बारेमा आफै आवाज उठाउनु पर्ने बताए । उनले अहिले सम्म वडामा महिलाहरूले आफ्ना लागि कार्यक्रम गर्नुपर्छ भनेर आवाज नउठाएको गरेकाले त्यसका लागि महिलाले अगाडि बढ्नुपर्ने बताए ।

वडा सदस्य डबल साउँदले महिला माथि घर भित्र, समाजमा हुने विभेदका विरुद्ध लड्न महिला सशक्त हुन आवश्यक रहेको बताए । उनले महिलाले महिलाका पक्षमा भएका नीति, नियमका बारेमा पनि महिलाहरू जानकार हुन आवश्यक भएको बताए ।

महिला सशक्तीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अधिवक्ता शेर बहादुर विष्ट मुख्य प्रशिक्षकका रूपमा रहेका थिए । प्रशिक्षण कार्यक्रममा वडा नम्बर २ का ४० जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार शारदा फुलाराले गरेकी थिइन् ।