ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस्  जेठ महिनाको १५ गते विहिबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – १५ जेठ २०८२ बिहिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना छ भने भाग्यको पुरा साथ मिल्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा अप्ठ्यारा कामको नेतृत्वमा सफल हुनाले अधिकारी वर्गहरुबाट सम्मान पाइनेछ । व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा अधिकारीहरु बाट प्रशंसा मिल्नेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ।पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सानो प्रयत्नले गर्दा जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुखमा रहनेछ| आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूबाट समस्या आउन सक्छ। नयाँ नोकरीको लागि गरिएको प्रयास सफल रहनेछ। सामाजिक कार्यमा धन खर्च हुन सक्छ। घरपरिवारमा कुनै मनमुटाव थियो भने सुल्झिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। जीवनसाथीसँग वादविवाद बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ सजग रहनुहोस्। व्यापार विस्तारको लागि योजनाहरू बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् सोचे अनुरूप सफलता मिल्नेछ। जीवनसाथीको प्रगतिले मन प्रसन्न रहनेछ। आर्थिक कारोबारमा दीर्घकालीन योजना बन्नेछन्। धार्मिक यात्रा हुन सक्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानको विशेष ध्यान राखौं। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी र राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। सांस्कृतिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा बुद्धि र ज्ञानको प्रशंसा हुनेछ। उच्च महत्वकांक्षाले समस्याहरू पनि निम्त्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुराना मित्रको सहायताले रोकिएका काम प्रारम्भ हुनेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अशान्त रहनेछ। सवारी साधनमा धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्षहरू सक्रिय रहनेछन्। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग ख‌ैरो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापारमा लाभ हुनाले मन सन्तुष्ट रहनेछ। साहस र धैर्यलाई हेरेर शत्रुपक्ष पराजित रहनेछन्। सांसारिक सुख सुविधामा धन खर्च हुनेछ। वित्तीय लेनदेनबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो बारेमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसंग सल्लाह लिनुहोला। घर परिवारमा मांगलिक कार्य हुन सक्ला। व्यापार व्यवसायमा मातापिताको आशिर्वाद लिएर निक्लिनुहोस् लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
हाम्रो पात्रो बाट