गाजाका हमास नेता मोहम्मद सिनवारको मृत्यु, इजरायली प्रधानमन्त्री नेतन्याहूको पुष्टि

Image
Nisarga Hospital

इजरायलले गाजामा युद्ध सुरु गराउने हमासका शीर्ष योजनाकार मोहम्मद सिनवारको मृत्यु पुष्टि गरेको छ। सिनवार हमासका गाजा प्रमुख याह्या सिनवारका भाई थिए। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार संसदमा सम्बोधन गर्दै हमासका मुख्य नेतामाथि भएको कारबाहीको जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

नेतन्याहूले गाजायुद्ध ६०० दिनमा प्रवेश गरेको सन्दर्भमा आफ्नो सेनाको उपलब्धिको प्रशंसा गर्दै भने, “हामीले गाजा क्षेत्रमा बलपूर्वक प्रवेश गरेर हजारौँ आतङ्ककारीको अन्त्य गरेका छौँ।”

इजरायली सञ्चारमाध्यमका अनुसार यसै महिनाको सुरुवातमा गाजाको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमणमा सिनवारलाई लक्षित गरिएको थियो। उनका दाजु याह्या सिनवार सन् २०२४ को अक्टोबरमा इजरायली आक्रमणमा मारिएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

युद्धबीच गाजामा खाद्यान्न वितरण स्थलमा भएको झडपमा ४७ जना घाइते भएको र कम्तीमा एक जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। अधिकांश घाइते इजरायली सेनाको गोली लागेका कारण भएको मानव अधिकार कार्यालयले जनाएको छ।

इजरायली सेनाले भने आफ्नो सेनाले भीडमाथि गोली नचलाएको दाबी गर्दै वितरणस्थल बाहिर मात्रै हवाइ फायर गरिएको जनाएको छ। गाजा ह्युमेनिटेरियन फाउन्डेसन (GHF) ले वितरण कार्य निरन्तर भइरहेको र नयाँ स्थानबाट राहत आपूर्ति सुरु गरिएको जानकारी दिएको छ।

संयुक्त राष्ट्रका दूत सिग्रिड कागले भने, “गाजालीहरू बाँच्न मात्र होइन, भविष्यको हकदार पनि हुन्।”

Dhnagadhi & Krishanapur