अत्तरियामा डीडीसी नसार्न माग गर्दै आधा घण्टा चक्काजाम

Image
Nisarga Hospital

अत्तरिया:कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) नसार्न माग गर्दै स्थानीय संघर्ष समितिले बिहीबार बिहान एक घण्टा चक्काजाम गरेका छन्।

CP Hospital Dhangadhi
oplus_0

संघर्ष समितिले बिहान ९:३० बजेदेखि १० बजेसम्म भीम दत्त राजमार्ग अन्तर्गत अत्तरिया धनगढी सडक खण्डमा अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। चक्काजामको क्रममा उनीहरूले कारखानामा पनि तालाबन्दी गरेका थिए।

nawajiwan

गोदावरीका स्थानीयदेखि जनप्रतिनिधिहरुले नसार्न दवाव दिइरहेका छन् भने जसरी पनि सार्ने मनसाय डीडीसीको रहेको छ । नसार्न दवाव दिँदै स्थानीयले दिनहुँजसो विरोधका कार्यक्रम गर्दै आएका छन् ।

oplus_0

प्रदर्शनकारीहरू डीडीसी अत्तरियाबाट अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको भन्दै त्यसको विरोधमा उत्रिएका हुन्। उनीहरूको भनाइमा डीडीसी अत्तरियामा नै रहनुपर्छ भन्ने माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ।

Attariya Hospital
oplus_131074

oplus_131074

उनीहरुले जेठ ८ गते कार्यालयमा तालाबन्दी पनि गरेका छन् । उक्त तालाबन्दी अझै खुलेको छैन । उनीहरूले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने भन्दै धनगढी सार्न नहुने माग राख्दै आएका छन् । बुधबार पनि स्थानीय र जनप्रतिनिधहरुले उक्त विषयमा छलफल गरेका थिए ।
डीडीसीले उक्त कार्यका लागि धनगढी उपमहानगरपालिकासंग गत पुसमै सम्झौता गरिसकेको बताइएको छ ।
oplus_0

oplus_0
oplus_131074

# ट्रेण्डिङ