प्राविधिक र व्यवस्थापन जनशक्ति उत्पादनमा नाष्टको महत्ववूर्ण योगदान : मन्त्री खड्का

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का नाष्ट कलेजले प्रदेशमा प्राविधिक तथा व्यवस्थापन तर्फको जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

CP Hospital Dhangadhi

नाष्ट रिसर्च म्यानेजमेन्ट सेल धनगढीको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नयाँ प्रविधिको प्रयोग र आधुनिक व्यवस्थापन प्रणालीबारे धनगढीमा भइरहेको दुईदिने सम्मलेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्का नाष्टले प्राविधिक जनशक्ति र व्यवस्थापन तर्फको जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेका बताएका हुन्।

‘नाष्टलाई मैले सुदूरपश्चिममा प्राविधिक तथा व्यवस्थापन तर्फको जनशक्ति उत्पादन गर्ने शैक्षिक धरोहरको रुपमा लिएकोे छु’, मन्त्री खड्काले भने, ‘यसले यहाँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने क्षेत्रमा ठुलो योगदान गरेको छ।’

nawajiwan

टाइपराइटरबाट सुरु भएको शिक्षा अहिले नयाँ‐नयाँ प्रविधि आएको बताउँदै मन्त्री खड्काले समय र बजारमा माग भए अनुसारको शिक्षा आवश्यकता रहेको बताए।

नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरीले प्रदेश सरकारलाई नीजि शैक्षिक क्षेत्र तिर पनि सरकारको लगानी हुनु पर्ने औंल्याए । ‘शिक्षा कहिल्यै नीजि र कहिल्यै किनबेच हुँदैन। त्यसैले प्रदेश सरकारलाई म के आग्रह गर्न चाहन्छु भने, नीजी क्षेत्रका स्कूल कलेजलाई पनि पुस्तक लगायत आवश्यक श्रोत साधनले सहयोग गर्न आवश्यक रहेको छ’, उनले भने।

प्रवन्ध निर्देशक मुडभरीले नाष्टबाट उत्पादन भएको जनशक्ति यहाँका हरेक वैंक तथा वित्तिय क्षेत्र र स्थानीय तहमा कार्यरत रहेको दाबी समेत गरे। उनले नाष्टबाट आइटीका १७७ जना, बीबीए तर्फ ३८२, सिभिल तर्फ ३०६, बीइ कम्प्युटर तर्फ २९९ जना र कक्षा १२ तर्फ ६ हजार बढी विद्यार्थी पासआउट भएर गएको जानकारी दिए।

Attariya Hospital

कार्यक्रम नाष्ट रिसर्च म्यानेजमेन्ट सेलका संयोजक तथा नाष्ट कलेजका प्रिन्सिपल डा. प्रेम बहादुर चन्दको अध्यक्षतामा भएको थियो। दुई दिने कार्यक्रमको पहिलो दिनमा प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रबीर चन्द, नाष्ट कलेजका देवराज अवस्थी, सन्ध्या श्रेष्ठ लगायतको कार्यपत्र प्रस्तुतीको कार्यक्रम रहेको छ।

त्यसैगरी दास्रो दिन इन्जिनियर यम कृष्ण पौडेल, प्रकाश जोशी, कृष्ण चन्द, किशोर थापा, रविन खड्का, हिकमत चौधरी, नविन प्रसाद पन्त, भरत बहादुर शाही लगायतको कार्यपत्र प्रस्तुतको कार्यक्रम रहेको छ।

‘उच्च अनुशासन तथा दक्ष व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा गुणस्तरीय शिक्षा’ मूल नारा सहित वि.स. २०५७ सालमा स्थापना भएको कलेज अहिले विज्ञान व्यवस्थापन तथा प्रविधिको पठन पाठनसँगै सर्वाङ्गीण विकासका लागि गन्तब्य शिक्षालयको रुपमा चिनिन्छ।

कलेज विश्व विद्यालय अनुदान आयोग (यूजीसी) ले निर्धारित संस्थागत गुणस्तरको विभिन्न चरण पार गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा सम्मान र उपलब्धिको सूचक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) पनि प्राप्त गर्दै पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ।

नाष्टमा कक्षा ११ र १२ तर्फ विज्ञान र व्यवस्थापन, स्नातक तर्फ बीइ कम्प्युटर, बीसीए, बीबीए, बीइ सिभिल र स्नाकोत्तर तर्फ एमबीएसम्मको पढाई हुँदै आएको छ। हाल नाष्टमा कक्षा ११ र १२ मा एक हजार १५०, स्नातक तहमा ७७० र स्नाकोत्तर तहमा ११ विद्यार्थी अध्ययनरत रहेका छन्। कलेजमा ५१ प्राध्यापक र ३९ जना कर्मचारी रहेको छन्।