प्रेस चाैतारी नेपाल कैलालीद्वारा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

Image
Nisarga Hospital

प्रेस चाैतारी नेपाल कैलालीले दृष्टि फाउन्डेसनलाई खाद्यान्न लगायतका समान सहयोग गरेकाे छ । बिहीबार परेकाे गणतन्त्र दिवसकाे अवसरमा प्रेस चाैतारी जिल्ला समितिले धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेकाे हाे ।

CP Hospital Dhangadhi

संगठनका जिल्ला अध्यक्ष जनक सिंह विष्टसहित चाैतारीका जिल्ला, प्रदेश र केन्द्रीय समितिका नेताहरूकाे उपस्थितिमा फाउन्डेसनलाई चामल, दाल, नुन, तेल, मसला लगायतका समान हस्तान्तरण गरेकाे जिल्ला सचिव दिनेश विष्टले जानकारी दिए ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू सुदूरपश्चिम इन्चार्ज समेत रहेका दिलबहादुर छत्याल, हरि जाेशी, सरस्वती साउद, पूर्व सुदूरपश्चिम सहइन्चार्ज गाेविन्द राेस्यारा, प्रदेश उपाध्यक्ष मीन ठकुरी, महासचिव भानुभक्त आचार्य, पत्रकार महासंघका महासचिव शिवराज भट्टकाे सहभागीता थियोे ।

Attariya Hospital

यस्तै, जिल्ला सचिव दिनेश विष्ट, सहसचिव ध्रुव ओझा, काेषाध्यक्ष जीवन विष्ट, सदस्य पूर्ण साउद, साधारण सदस्य हरिश भट्ट लगायतकाे सहभागीता थियाे ।

nawajiwan
Advertize US