डडेल्धुरा लगायत चार मेडिकल कलेजका पूर्वाधार निर्माणमा २ करोड ५६ लाख बजेट

Image
Nisarga Hospital

सरकारले डडेल्धुरा सहित चार स्थानमा सञ्चालित वा प्रस्तावित मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

CP Hospital Dhangadhi

बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बर्दिबास, बुटवल, सुर्खेत र डडेल्धुरामा रहेको मेडिकल कलेजहरूको पूर्वाधार विकासलाई अगाडि बढाउन यो रकम छुट्याइएको जानकारी दिए।

स्वास्थ्य शिक्षा पहुँच बढाउन र क्षेत्रीय रूपमा सन्तुलित विकास गर्न सरकारले विभिन्न प्रदेशमा मेडिकल कलेजको निर्माण र सञ्चालनलाई प्राथमिकता दिएको छ। डडेल्धुरामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण कार्य भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस बजेटले आवश्यक भवन, उपकरण तथा स्रोत व्यवस्थापनका लागि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। सरकारले आगामी वर्ष स्वास्थ्य शिक्षाको स्तरीयता वृद्धि र पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ।

Dhnagadhi & Krishanapur